काठमाडौं/
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आउँदो पालिका चुनावलाई केन्द्रित गरी उम्मेदवार छनोट समिति गठन भएको छ । बैठकले पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो ।रास्वपाका प्रवक्ता जगदीश खरेलले केन्द्रीय समितिको बैठकले केन्द्रीय उम्मेदवार छनोट समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनकसिंह धामीलाई सदस्य मनोनित गरेको जानकारी दिनुभयो ।समितिमा पार्टीका सातै प्रदेशका सभापति पदेन सदस्य रहने छन् । बैठकले विभिन्न केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखसमेत मनोनयन गरेको छ । प्रवास सम्पर्क विभागमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा। मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रुविना आचार्य, सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाललाई प्रमुखको जिम्मेवारी दिइएको छ ।






