काठमाडौँ /
आइतबारबाट काठमाडौंको खुलाञ्चमा सुरु हुने नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा ७ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुने भएका छन्। खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले देशभरका ७७ जिल्ला र प्रवासबाट समेत गरेर ७ हजार ५ सय बढी प्रतिनिधि महाधिवेशनमा सहभागी भइरहेको जानकारी दिएका हुन्। यो संख्या कांग्रेस महाधिवेशनको इतिहासमा अहिलेसम्मकै बढी उनको भनाइ छ। यो संख्या नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा धेरै हो।






