काठमाडौं/
संस्थापन इतर समूहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र बनेको छ । देशभरका ६ हजार ७४३ वडामध्ये तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न गरेको जनाएको छ ।संस्थापन इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो सम्पन्न वडा अधिवेशनअन्तर्गत कोशी प्रदेशका एक हजार १५७ वडामध्ये ५७७, मधेसका एक हजार २७१ मध्ये ४०२, बागमतीका एक हजार १२१ मध्ये ५६३ र गण्डकीका ७६२ मध्ये ३६६ वडामा अधिवेशन सम्पन्न भएको छ ।यस्तै, लुम्बिनी प्रदेशका ९८३ वडामध्ये ५५०, कर्णालीका ७१५ मध्ये २७७ तथा सुदूरपश्चिमका ७३४ वडामध्ये ४५६ वडामा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । संस्थापन इतर समूहको १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेसम्म गर्ने तय भएको छ ।






