बीबीसी हिन्दी/
संयुक्त अरब इमिरेट्स यूएईको दुबईबाट झन्डै १८० जना इजरायली यात्रु बोकेर इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको जहाजमा दुई पाइलटबीच कुटाकुट भएको छ । ३४ हजार फिटको उचाइमा पाइलटहरूबीच हिंसात्मक झडप भएपछि विमान २ मिनेटमै तीव्र गतिमा खसेर १६ हजार ६०० फिटमा आइपुगेको बीबीसी हिन्दीले जनाएको छ ।विमानबाट पहिले सामान्य आपत्कालीन सङ्केत र लगत्तै विमान नियन्त्रणमा अवैध हस्तक्षेप वा हाइज्याकिङ जनाउने कोड पठाइएपछि मध्यपूर्वभर सुरक्षा निकायहरू सतर्क बनेका थिए । सम्भावित खतरालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले आफ्नो अलर्ट लेभलसमेत बढाएको थियो ।साउदी अरबको आकाशमा दिशा बदलेर झन्डै ७ मिनेटसम्म आपत्कालीन सिग्नल जारी गरेपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको छ ।घटनापछि इजरायलका लागि अमेरिकी राजदूत माइक हकबीले ककपिटभित्रै पाइलटहरू झडप गर्नु सामान्य नभएको भन्दै ठूलो दुर्घटना टरेकामा राहत व्यक्त गर्नुभएको छ ।एअरलाइन्सले घटनाको पुष्टि गर्दै दोषी पाइलटहरूलाई निलम्बन गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।






