सुनसरी/
सुनसरीको इटहरीमा बुधबारदेखि सीप तथा रोजगार मेला सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा ‘सीप तथा रोजगार मेला २०८३’ सुरु भएको हो।कोशी प्रदेशलाई लक्षित गरी आयोजना गरिएको यस ७ दिने मेलामा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, रोजगारदाता र कामको खोजीमा रहेका युवाहरूलाई एउटै मञ्चमा जोड्ने तथा सीपमूलक तालिमसम्बन्धी परामर्श प्रदान गर्ने उद्देश्य राखिएको छ।‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने नाराका साथ सुरु भएको यो मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ। मेलामा विभिन्न उद्योग, व्यापारिक प्रतिष्ठान तथा रोजगारदाता क्षेत्रका ६५ स्टलहरू रहेका छन्।






