धनकुटा/
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।उनी गृहजिल्ला धनकुटाबाट महाधिवेशन प्रतिनिधि भएका हुन्।महाधिवेशन प्रतिनिधिको खुलातर्फ उम्मेदवार रहेका उनले ६५७ मत ल्याएका थिए।उनका बुवा सुनिल थापा पनि कांग्रेस राजनीतिमा सक्रिय छन्, राष्ट्रिय सभा सदस्य छन्। सुनिल भने महाधिवेशन प्रतिनिधि उठेनन्। युवाहरूलाई अवसर दिन आफू प्रतिनिधि नउठेको उनको भनाइ छ।






