काठमाडौं/
काठमाडौंको कालिकास्थानमा हिन्दू कानून विद्यार्थी परिषद्को छलफल तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ।आइतबार साँझ आयोजित कार्यक्रममा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानका संयोजक तथा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारी र हिन्दू स्वयंसेवक सङ्घ नेपालका राष्ट्रिय सङ्घचालक तथा नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याणकुमार तिम्सिनाको विशेष उपस्थिति रहेको थियो।कार्यक्रममा नेपालका विभिन्न १५ वटा कलेज तथा क्याम्पसमा कानून विषय अध्ययनरत करिब ८० जना विद्यार्थीको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता नेपाल ल क्याम्पसमा अध्ययनरत जयकुमार गुप्ताले गर्नुभएको थियो।कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय संगठन सचिव प्रल्हाद कुमार रेग्मी तथा पूर्व कर्मचारी सेवा परिषद् नेपालका केन्द्रीय महासचिव गोविन्दमणि भुर्तेल अतिथिका रूपमा सहभागी हुनुभएको थियो।






