काठमाडौं/
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा जोखिम रहेको भन्दै निवासबाट नियन्त्रणमा लिँएर टेकु वाट प्रहरीले रिहा गरेको छ ।आइतबार बिहान महाराजगञ्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएका जबरालाई केही समयपछि परिवारको जिम्मा लगाइएको प्रहरी उच्च स्रोतले जनाएको छ। लगेको थियो। तर, उनलाई नियन्त्रणमा लिँदा अदालतबाट पक्राउ पुर्जी नलिइएको स्रोतहरुको दाबी छ।प्रहरी भने जबरालाई पक्राउ गरिएको नभई सुरक्षाका कारण सुरक्षित स्थानमा राखिएको जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले सुरक्षा चुनौती देखिएपछि उनलाई कार्यालयमा ल्याइएको बताएका छन्।जबरालाई कस्तो प्रकारको सुरक्षा जोखिम थियो, त्यसको कारण के थियो र निवासमै सुरक्षा व्यवस्था मिलाउनुको सट्टा प्रहरी कार्यालयमा किन ल्याइयो भन्नेबारे प्रहरीले स्पष्ट पारेको छैन।






