काठमाडौं /
एसियाली पूर्वाधार विकास बैंकको सञ्चालक समितिको ११ औं वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री डा। स्वर्णिम वाग्ले आज कतार प्रस्थान गरेका छन्। बैठकका क्रममा अर्थमन्त्रीले बैंकको बोर्ड अफ गभर्नरको सत्रमा सहभागिता जनाउँदै नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण, र आर्थिक वृद्धिका प्राथमिकताहरूमा बहुपक्षीय सहयोग तथा लगानी परिचालनबारे छलफल गर्नेछन्।उनले एसियाली पूर्वाधार विकास बैंकका अध्यक्षसँगै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने अर्थ मन्त्रालयले जनाएको छ।






