काठमाडौं/
राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालनका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाप्रतिे आपत्ति जनाएको छ ।अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुरा गर्दा के कति कारणले आयोगको टोलीलाई अनुगमन गर्न नदिएको हो यस विषयमा समेत टोलीलाई जानकारी दिइएन ।’ आयोगका प्रवक्ता एवं सहसचवि डा।टीकाराम पोखरेलले जारी गरेको वक्तव्यमा भनिएको छ।राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४ ९क० मा आवश्यकता अनुसार सार्वजनिक संस्था, निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने गराउने र मानव अधिकार संरक्षणको लागि त्यस्ता निकाय, संस्था वा ठाउँमा गर्नुपर्ने सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक सुझाव र निर्देशन दिन सक्ने व्यवस्था उल्लेख छ ।‘उल्लिखित संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीबाट गरिएको यस प्रकारको व्यवहारप्रति आयोग खेद प्रकट गर्दछ ।’ वक्तव्यमा भनिएको छ।





