काठमाडौं /
वर्षाको कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।बाढी, पहिरो लगायतका विपद्मा परी बागमती प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा २ जना र मधेस प्रदेशमा १ जना गरी जम्मा १५ जनाको मृत्यु भएको हो ।विपद्मा परी ४ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै १ हजार २ सय ८४ जनाको उद्दार गरिएको छ ।प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गरिरहेको जानकारी दिएको छ ।






