काठमाडौं/
एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका सचिव महेश बस्नेतले दशैँ, तिहार र छठ पर्वपछि सरकारविरुद्ध सशक्त आन्दोलन अघि बढाउने बताउनुभएको छ। बस्नेतले आन्दोलनमा मधेशसहित देशभरका विभिन्न दल सहभागी हुने दाबी गर्नुभयो । उहाँले यस्तो आन्दोलनबाट बालेन्द्र शाह नेतृत्वको सरकार पराजित हुने दाबी समेत गर्नुभयो।बस्नेतले सरकार गठन भएको पाँच–छ महिनामै यसको कार्यशैलीबारे जनतामा स्पष्टता आउन थालेको बताउनुभयो। सरकारका गतिविधिबारे जनतामा रहेको भ्रम पनि क्रमशः हट्दै गएको उहाँको भनाइ छ।उहाँले अहिले जनतामाझ एमाले आलोचना र आशाको केन्द्रमा रहेको दाबी गर्दै आगामी दिनमा पार्टीले सरकारविरुद्ध सशक्त रूपमा अघि बढ्ने बताउनुभयो।






