काठमाडौं/
संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री वालेन्द्र शाहले महासभालाई सम्बोधन गर्नुअघि महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनु भयो । सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री शाहले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराउनुभयो । भेटवार्तामा नदी किनारका बासिन्दाको पुनर्वास तथा हरित पुनर्निर्माणका विषयमा पनि छलफल भएको छ ।भेटवार्तामा नदी किनारका बासिन्दाको पुनर्वास तथा हरित पुनर्निर्माणका विषयमा पनि छलफल भएको छ ।






