अन्तर्राष्ट्रिय सञ्चारमाध्यम/
इरानलाई ‘पूर्णरूपमा ध्वस्त पार्ने’अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरानले अमेरिकी दबाबसामु नझुक्ने र थप आक्रमण भए कडा प्रतिकार गर्ने जनाएको छ । राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा इरानविरुद्ध थप कठोर कदम चाल्ने विषयमा आफूले महत्वपूर्ण निर्णय गर्नुपर्ने बताउनुभएको थियो ।इरानले अमेरिकी प्रस्ताव स्वीकार नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको थियो । त्यसको भोलिपल्ट हिजो महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति मसुद पेजेस्कियनले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिलाई दबाब र बल प्रयोगको मानसिकताको संज्ञा दिँदै इरानी जनता कुनै पनि दबाबसामु नझुक्ने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।उहाँले इरान युद्ध अन्त्यका लागि कूटनीतिक माध्यमबाट समाधान खोज्न तयार रहेको, तर धम्की र सैन्य दबाब स्वीकार नगर्ने स्पष्ट पार्नुभयो । इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि सञ्चालन गर्ने अधिकार पनि नत्याग्ने जनाएको छ ।






