काठमाडौं/
नेपाली कांग्रेसले आज सामाजिक सञ्जाल फेसबुकमार्फत १५औँ महधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नारा नेपाली कांग्रेसको १५ औँ महाधिवेशन – परम्पराको सम्मान, परिवर्तनको सङ्कल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प भन्ने रहेको छ ।यस्तै लोगोमा बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्वीर राखिएको छ ।कांगेसको १५औँ महाधिवेशन यही असोज १६ देखि १९ गतेसम्म काठमाण्डौको खुलामञ्चमा हुनेछ । यसैबीच नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशन गर्न ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ ।पूर्वमहामन्त्री डा। शशाङ्क कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले असोज १५ गतेदेखि वडा अधिवेशन शुरू गरेर आउँदो मङ्सिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।






