काठमाडौं/
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको केन्द्रीय कमिटी तेस्रो बैठकबाट वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठकअघि आज भएको सो पार्टीको सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारीको नाम चयन गरेको हो ।साथै, केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पनि पारित गरेको छ। पार्टीका पूर्व उपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्यता दिने÷नदिने विषयमा आन्तरिक बहस चलेकोमा हाल सर्वम्मतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको छ। एमालेका सचिव हिक्मत कार्कीले भण्डारी अब वरिष्ठ नेताको भूमिकामा रहने र उहाँको राजनीतिक तथा साङ्गठनिक अनुभवले पार्टीको आगामी कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।सचिव पद्मा अर्यालले भण्डारीजस्तो अनुभवी र सम्मानित नेतालाई सदस्यता दिइसकेपछि विशुद्ध पार्टी सदस्य बनाएर मात्रै राख्न उपयुक्त नहुने भएकाले वरिष्ठ नेताको जिम्मेवारी दिइएको बताउनुभयो।






