काठमाडौं/
सामाजिक सञ्जाल कम्पनी मेटाले यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट, पेज तथा अन्य सामग्रीमाथि कारबाही गरेको जनाएको छ ।मेटाका अनुसार पछिल्लो दुई वर्षदेखि सिंगापुर प्रहरी बल एसपीएफ र मेटाबिच सूचना आदान–प्रदान सम्बन्धी सहकार्य हुँदै आएको छ । यही सहकार्यका माध्यमबाट मेटाका अनुसन्धान कर्ताले ठगीमा संलग्न समूह तथा उनीहरूले सञ्चालन गरेका विभिन्न नेटवर्क पहिचान गरी ध्वस्त पार्न सहयोग पुगेको कम्पनीले जनाएको छ ।मेटाका अधिकारीहरूका अनुसार जनवरीदेखि जुनसम्म फेसबुक र इन्स्टाग्राममा ठगी तथा जालसाजीसँग सम्बन्धित एक लाख १३ हजारभन्दा बढी अकाउन्ट, पेज तथा अन्य इकाइ हटाइएको थियो । जुन महिनामा मात्रै विद्यालय बिदाको समयमा परिवार सस्तो यात्रा प्याकेज खोज्न विभिन्न वेबसाइटमा जाने मौका छोपेर ठगी गर्ने प्रयासमा रहेका समूहसँग सम्बन्धित ३३ हजार ६०० भन्दा बढी अकाउन्ट तथा पेजमाथि कारबाही गरिएको मेटाले जनाएको छ ।






