काठमाडौँ/
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल सङ्घ एन्फा का दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।सीआईबीको टोलीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई गएराति पक्राउ गरेको हो ।ब्युरोका प्रवक्ता अनुपमशमशेर जबराले राष्ट्रिय खेलकुद परिषद् ९राखेप० केन्द्रीय कार्यालय त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदनरजाहेरीका आधारमा अनुसन्धानका लागि जोशी र पाण्डेलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत ललितपुरबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता जबराले बताउनुभयो ।यसअघि सीआईबीले एन्फा कार्यालय सातदोबाटो ललितपुरमा छापा मार्दै केही कागजात नियन्त्रणमा लिएको थियो ।






