काठमाडौं/
टी–२० मा भारतको सहज जीत भएको छ । नयाँ दिल्लीको अरुण जेट्ली रंगशालामा अफगानिस्तानले दिएको १ सय ५७ रनको लक्ष्य भारतले १३ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो । भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै ३२ बलमा ८२ रन बनाए । उनले ७ चौका र ७ छक्का प्रहार गरे ।यस्तै, इशान किशनले ३३ बलमा ४२ रन बनाए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । अफगानिस्तानका अजमतुल्लाह ओमरजाईले ६४ रन बनाए भने मोहम्मद नाबीले ३३ रन जोडे । भारतका अर्शदीप सिंहले ३ विकेट लिए ।अफगानिस्तानका नाबीले भारतका २ विकेट लिए । अभिषेक शर्माको आक्रामक ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पूरा गर्दै तीन खेलको शृङ्खलामा अग्रता लिएको छ ।






